Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


बिग्रेका भेन्टिलेटर धमाधम निःशुल्क बनाउँदै राष्ट्रिय आविष्कार केन्द्र


0
Shares

ventilator repairing by national innovation center corona mahabir pun

काठमाडौं, भदौं २८ । राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमणबाट विरामीलाई जोगाउन अत्यावश्यक पर्ने भेन्टिलेटर निःशुल्क मर्मत गरिदिएको छ ।

विभिन्न अस्पतालमा बिग्रेर रहेका तर कोभिडको यस महामारीमा अत्यावश्यकीय उपकरण भेन्टिलेटर मर्मतमा वैज्ञानिक एवं सामाजिक अभियन्ता महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र जुटेको हो ।

पछिल्लो पटक केन्द्रले राष्ट्रिय ट्रमा सेन्टरको बिग्रेका सात वटा भेन्टिलेटर निःशुल्क बनाइदिएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रका बायो–मेडिकल ईन्जिनियरहरूले तीन दिन लगाएर ती भेन्टिलेटर मर्मत गरेको पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

आफ्नो फेसबुक पेजमा पुनले लेख्नुभएको छ, ‘ल सुन्नुहोस्, नेपालको एक मात्र नेशनल ट्रमा सेन्टर, महाबौद्धको ७ वटा बिग्रेको भेन्टिलेटरहरु ३ दिनमा बन्यो । ती भेन्टिलेटरहरु द्यभििब ख्ष्कतब कम्पनीका थिए र नयाँमा प्रति भेन्टिलेटर झन्डै १९ लाख रुपैयाँ बजार मुल्य पर्ने रहेछ । सो सेन्टर भारत सरकारको सहयोगमा बनेको रहेछ ।’

भेन्टिलेटर बनाउन चाहिने सेन्सर नयाँ दिल्लीबाट सन्दीप रानाले ९८ हजार रुपैंया आफैँले तिरेर ल्याएको तर पैसा लिन नमानी दान दिएको पनि उहाँले जानकारी दिनुभएको छ । सेन्सरलाई भारतमा ५ हजार नेपाली रुपैंयाँ प्रति गोटा पर्ने पनि उहाँले उल्लेख गर्नुभएको छ ।

भेन्टिलेटर मर्मतका लागि अरु अस्पतालबाट पनि अनुरोध आइरहेको भन्दै पुनले ती पनि सकेसम्म राष्ट्रिय आविष्कार केन्द्रबाट मर्मत गर्ने प्रयास भइरहेको जानकारी दिनुभएको छ ।

Skip This