२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


जापानी खेलाडी नाओमी ओशाका बनिन् युएस ओपन च्याम्पियन


0
Shares

काठमाडौं । जापानी खेलाडी नाओमी ओशाका पुनः युएस ओपन च्याम्पियन बनेकी छन् ।

न्यूयोर्कमा भएको फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गरेर ओशाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन् ।

सन् २०१८ मा पनि उपाधि जितेकी चौथो बरियताकी २२ वर्षे ओशाकाले बेलारुसकी अजारेन्कालाई १–६, ६–३ र ६–३ को सेटमा पराजित गरेकी हुन् ।

सन् २०१३ पछि पहिलोपटक प्रमुख प्रतियोगिताको फाइनलमा पुगेकी अजारेन्काले पहिलो सेटमा जित निकाले पछि त्यसपछि पछि परिन् ।

ओशाकाले खेल जीवनमा यो तेस्रो ग्राण्डसलाम उपाधि जितेकी हुन् । ओशाकाले सन् २०१९ मा अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिइन् । एजेन्सी