-प्रदिप पौडेल/ईमेज
पोखरा । बजेटमा विभेद गरेको आरोप लगाउँदै पोखरा महानगरपालिकामा निर्वा्चित काँग्रेसतर्फका जनप्रतिनिधिहरु आन्दोलित छन् ।
बुधबार नगरसभाको अन्तिम समयमा रातो किताव च्यातेर बाहिरिएका उनीहरुले विहिबार महानगरको मुलगेटमै तालाबन्दी गर्दै नाराबाजीमा उत्रेका थिए ।
आन्दोलनमै उत्रिनुपर्ने कारण के प¥यो ? काँग्रेस तर्फका महानगर सचेतक रामराज लामिछाने बजेट वितरण समानुपातिक नभएको काँग्रेसका प्रतिनिधिहरुको आरोप छ । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचलाई केन्द्रीत गरेर बजेट विनियोजन गरेको अर्का वडाध्यक्ष शंकर बास्तोलाले बताए ।
काँग्रेसको विरोधकै बाबजुत महानगरको बजेट बुधबार नै बहुमतले पारित भएको छ ।
पोखरा महानगरले ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको थियो । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको थियो ।
१ सय ७० सदस्य रहेको पोखराको नगरसभामा ४८ जना काँग्रेसका सदस्य छन् भने बाँकी सबै नेकपातर्फका हुन् ।
मेयर मानबहादुर जिसीले चाहीँ बजेटमा कुनै विभेद नभएको दावी गरेका छन् ।
पोखरा महानगरपालिकामा बजेटले विभेद गरेको भन्दै काँग्रेसतर्फका नगरसभाका सदस्यहरुले विरोध गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्