
काठमाडौं, असार ११ । पछिल्ला दिन निरन्तर उकालो लागेर दैनिक उचाइको नयाँ ‘रेकर्ड’ कायम गर्दै आएको सुनको भाउमा बुधबार केही कमी आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको मूल्य तोलामा ५०० ले नै बढेर तोलाको ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले ओरालो लागेर तोलाको ७३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १४ सय १३ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्