१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


नेप्सेमा सामान्य अंकको गिरावट, कारोबारमा सुधार


0
Shares

काठमाडौं, असार ११ । बुधबार सेयरबजार परिसूचक नेप्से सामान्य अंकले ओरालो लाग्यो भने कारोबारमा केही सुधार आयो ।

अघिल्लो दिन नगन्य अंकले हरियो रहेको नेप्से यसदिन पुनः ऋणात्मक रहेको हो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से करिब ३ अंक बराबरले ओरालो लागेर १२ सय ५८ मा आइ थामियो ।

यसदिन कारोबार भएकामध्ये बढीजसो समूह ओरालो लागेसँगै नेप्से पनि ऋणात्मक रहेको हो ।

व्यापार, होटल, उत्पादनमूलक र अन्य समूह नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह रातो रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीका १४ लाख १३ हजार कित्ता सेयर ५७ करोड १२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।