
काठमाडौं, असार ११ । एन्टिबायोटिक औषधिको सही प्रयोग कसरी बढाउने भन्ने विषयमा बुधबारदेखि काठमाडौंमा तीनदिने सम्मेलन सुरु भएको छ ।
विभिन्न दातृनिकाय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनमा एन्टिबायोटिकको सही प्रयोग समुदायसम्मै कसरी लैजाने भन्ने विषयमा छलफलकेन्द्रित छ ।
एन्टिबायोटिकको उचित प्रयोग नहुँदा त्यसले व्याक्टेरियाविरुद्ध काम गर्न नसक्ने अवस्था विश्वभर देखापरेको छ ।
चिकित्सकको सल्लाहविना जथाभावी एन्टिबायोटिकको प्रयोग र मासुजन्य पदार्थको उपभोग बढी गर्दा स्वास्थ्यमा असर देखिन थालेको चिकित्सकको भनाइ छ ।
एन्टिबायोटिकको प्रयोगमा विश्वमा भएका अभ्यास, औषधिले काम गर्न नसक्ने अवस्थाका प्रमाण र विकासोन्मुख मुलुकले चाल्नुपर्ने कदमबारे सम्मेलनमा छलफल हुनेछ ।
विभिन्न १० देशका विज्ञहरुको सहभागिता रहेको सम्मेलन आउँदो शुक्रबारसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्