Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


कपिलबस्तु मल्टीएग्रो इन्ड्रस्टीजमा शिलबन्दी, यस्तो छ ‘चेक बाउन्स’को लफडा


0
Shares

कपिलबस्तु । जिल्लाको बाणगंगा नगरपालिका, ८ बोडगाउँमा रहेको पश्चिम नेपालको सबैभन्दा ठूलो चामल उद्योग कपिलबस्तु मल्टीएग्रो इन्ड्रस्टीजमा शिलबन्दी गरिएको छ ।

मल्टीएग्रो इन्ड्रस्टीजको चेक धमाधम अनादर (बाउन्स) भएपछि चामल ब्यापारीहरूको मुद्दाका आधारमा जिल्ला अदालत कपिलबस्तुको रोहबरमा शिलबन्दी गरिएको हो ।

सोही वडाका भिमलाल पौडेल, इन्द्रमणि पौडेल लगायतका ब्यक्तिहरु संचालक रहेको उक्त इन्ड्रस्टीजमा अदालतले दिएको बिगो कोर्ट सम्बन्धी मुद्दाको आदेशानुसार शिल गरिएको अदालतका तहशिलदार लेखनाथ अर्यालले बताए ।

कपिलबस्तु नगरपालिका वडा नम्बर १०, पचेहरा स्थित न्यु पुजा खाद्य उद्योग संचालक तौलन बानियाले जिल्ला अदालत कपिलबस्तुमा मल्टिएग्रो संचालक भिम पौडेल र इन्द्रमणी पौडेल बिरुद्ध २५ लाख रुपैयाका ५ वटा चेक अनादरका मुद्धा जिल्ला अदालतमा दिएका थिए ।

जिल्ला न्यायधीश भरतमणी खनालको इजलासको फैसला अनुसार सो मुद्दामा बानियाँले कुल साँवा रकम १ करोड ७८ लाख ८ हजार २ सय ९९ रुपैयाको सो ब्याज समेत भराइ पाउने ठहर गरेको थियो ।

बानियाँ सहित जिल्लाका अन्य १४ जना ब्यबसायीले आफुहरुले पाउनुपर्ने ५ करोड ९२ लाख ४६ हजार दुइसय रुपैया रहेकोमा इन्ड्रस्टीजद्धारा सम्बन्धीत फर्मका नाममा दिएको ३ करोड ३२ लाख ३७ हजारको चेक अनादर (बाउन्स) भएको बताएका थिए ।

नेपाल इन्भेस्टमेन्ट बैंक भैरहवा शाखा कार्यालयमा खाता संचालन रहेको सो उद्योगको चेक अनादर भएको हो ।

कपिलबस्तु मल्टीएग्रो इन्ड्रस्टीज प्रालिको नाममा नेपाल इन्भेष्टमेन्ट बैंक भैरहवा शाखाको खाता नम्बर ०१००१०३०२५४८५४ का चेकहरु अनादर भएका हुन् ।

चेक अनादर भएकाका बिषयमा बैंकका शाखा प्रवन्धक राजाराम उपाध्यायले कुनै प्रतिक्रिया दिन मानेनन् ।

बैंकिङ नियमानुसार चेक अनादर भएको खण्डमा सबन्धीत खातावालालाई जानकारी दिनुपर्ने हुन्छ, तर नेपाल इन्भेस्टमेन्ट बैंक भैरहवालाई जिल्ला अदालत कपिलबस्तुले कपिलबस्तु मल्टीएग्रो इन्ड्रस्टीज प्रालिका बारेमा पटकपटक जानकारी गराउदा समेत उपाध्यायले अटेरी गरेको ब्यापारीको आरोप छ ।

नियमानुसार अदालतले लिखित रुपमा खातावालाको खाता बन्द गर्नु भनि आएमा संबन्धीत शाखाले केन्द्रीय शाखामा तुरुन्त जानकारी दिनुपर्ने हुन्छ ।

साना चामल व्यापारीहरूले आफूलाई उद्योग र बैंकले ठगेको आरोप लगाएका छन् ।

दुई वर्षदेखि सो उद्योगलाई धान चामल बेच्दै आएका कपिलवस्तु नगरपालिका १० पचेहरास्थित न्यू पुजा खाद्य उद्योगका संचालक तौलन बनियाँले सो उद्योगले दिएको १ करोड २५ लाखको चेक अनादर भएको बताएका छन् ।

‘२५ लाखका ५ वटा चेकबाट पैसा पाइएन । चेक अनादर भयो । असोज ३०, कार्तिक १, कार्तिक ११, कार्तिक २१ र माघ २९ मा उद्योगले २५÷२५ लाखका चेक दिएको थियो ।’

बनियाँले भने, ‘उद्योगका संचालकसँग चेक अनादर भएका विषयमा जानकारी गराउँदा समेत आलटाल मात्र गर्छन् । बैंकले पनि यस बिषयमा कुनै चासो दिएको छैन् ।’

बानियाँले उद्योगबाट १ करोड ७८ लाख ८ हजार २९९ रुपैयाँ ८५ पैसा पाउन बाँकी रहेको बताए ।

उनले भने, ‘त्यस मध्येको १ करोड २५ लाखको चेक अनादर भएको हो । बैंकले चेक अनादर गरेपछि चेक रजिस्ष्ट्री गरेर उद्योगमै पठाएको थियो ।’

यस्तै पचेहराकै फिन्स ट्रेडर्सका संचालक पशुपति बनियाँको ३० लाखको चेक अनादर भएको बताए। कार्तिक १ मा ५ लाख, कार्तिक ११ मा १० लाख कार्तिक २१ मा १० लाख र फागुन २ मा काटिएका ५ लाख रुपैयाँका चेक बैंकबाट अनादर भएको बनियाँ बताउँछन् ।

उद्योगबाट पचेहराकै गोरख किराना तथा गल्ला उद्योगका गोरख बानियाँले  कुल पाउनुपर्ने ५३ लाख ७ हजार १५६ रुपैयाँ मध्ये १६ लाख ५० हजारको चेक अनादर भएको बताए ।

बैंक कसुर तथा सजाए ऐन २०६४ अनुसार लगातार दुइदेखि तीनवटा चेक अनादर भए कालो सूचीमा राख्नका लागि कर्जा सूचना केन्द्रमा सिफारिश पठाउन सक्ने प्रावधान छ । तर बैंकले त्यसो नगरी उल्टै उद्योगलाई नै साथ दिएको पीडित व्यापारीहरूको आरोप छ ।

संचारकर्मीलाई अनादर भएका चेक देखाउँदै ब्यापारीले भने, ‘यी चेक साट्न पटक पटक भैरहवास्थित नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा धायौँ, चेक साटिएन । वैंकका प्रवन्धकले उल्टै विभिन्न बहाना गरी कम्पनीका संचालकहरूको पक्षमा ढाकछोप गर्न खोजे ।’

एग्रो इन्डष्ट्रिजबाट व्यवसायीहरू गोरखनाथ बनियाँले ५३ लाख, प्रभुनाथ बनियाँले ३ लाख ३५ हजार, पशुपति बनियाँले ४६ लाख २० हजार, राजनारायण गिरीले ९ लाख ९ हजार, हरिद्वार बनियाँले १८ लाख ६८ हजार रुपैयाँ प्राप्त गर्नुपर्ने देखिन्छ ।

यसैगरी मिश्रीलाल बनियाँको ३ लाख ५८ हजार,रामदयाल चौधरीको १६ लाख, नरदेव चौधरीको ३ लाख ५१ हजार, नन्दलाल अग्रहरीको १६ लाख ५८ हजार, मुन्नुलाल अग्रहरीको १५ लाख २६ हजार, मनोज बनियाँको १ करोड ५० लाख, राधेश्याम बनियाँको १६ लाख २७ हजार, नन्दकिशोर बरईको १५ लाख ८ हजार, महेन्द्र बनियाँको ८ लाख ७ हजार रुपैयाँ सो कम्पनीबाट प्राप्त गर्नु पर्ने छ ।

यसैगरी हरिराम यादवको ६ लाख, गौतम गुप्ताको २ लाख ४४ हजार,राम मिलन विश्वकर्माको ५ लाख ६८ हजार, सुभाष चन्द्र जयसवालको १८ लाख, नरसिंह कलवारको ७ लाख ३९ हजार, राम करन यादवको ३ लाख १५ हजार रुपैयाँ सो कंपनीबाट प्राप्त गर्नु पर्ने देखिएको छ । 

Skip This