काठमाडौं, असार १० । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १५ अर्ब ५० करोड ७० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
मंगलबार राजधानीमा आयोजित पाँचौं नगरसभामार्फत् उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले बजेट प्रस्तुत् गरेकी हुन् ।
जसमध्ये आर्थिक विकासतर्फ ६९ करोड ७ लाख, सामाजिक विकासतर्फ तीन अर्ब ७२ करोड १५ लाख, पूर्वधार विकासतर्फ पाँच अर्ब ९८ करोड ३० लाख, विपद् व्यवस्थापनतर्फ ३९ करोड १५ लाख, संस्थागत विकासतर्फ तीन अर्ब ५९ करोड १८ लाख र जग्गा विकासतर्फ एक अर्ब १२ करोड ८२ लाख विनियोजन गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्