चितवन, असार १० । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ३७ करोड ३१ लाख रुपैयाँको बजेट ल्याएको छ ।
मंगलबार भरतपुरमा चौथो नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत् गरिएको हो ।
बजेटमा महानगरका २९ ओटा वडालाई ३३ करोड ९० लाख रुपैयाँका दरले विनियोजन गरिएको छ ।
यस्तै, पूर्वाधारतर्फ ४७ करोड, ७४ लाख, उद्ययमशील एरियाका लागि १९ करोड ७२ हजार, शिक्षा क्षेत्रमा ८ करोड ९६ लाख, स्वास्थ्यमा ८ करोड ६३ लाख, विपद् व्यवस्थापनमा ८ करोड, अपांग, दलितहरुका लागि चार करोड ३१ लाख, खेलकुद क्षेत्रमा ६ करोड रुपैयाँ छुट्याइएको छ ।
यस्तै, सुशासन तथा विकासका लागि तीन करोड ४५ करोड विनियोजन गरिएको छ ।
भरतपुरलाई ‘स्मार्ट’ र समृद्ध बनाउन महानगरभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, महानगरीय बहुउद्देश्यीय सभाहल एवं व्यापारिक भवन, बहुतले प्रशासनिक भवन, नारायणी नदीमा ‘सी बिच मोडल’को विकास, ‘अटोल्यान्ड’, महानगरीय नमुना सडकजस्ता आयोजनाहरुलाई तीव्रगतिमा अघि बढाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।








प्रतिक्रिया दिनुहोस्