Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


नगरभित्र जग्गा पास नगराई धमाधम भवनहरु निर्माण


0
Shares

बाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिकामा भवन निर्माण आचारसंहिता लागु हुन सकेको छैन ।

नियमनका लागि नगरपालिकाले ठोस कदम नचाल्दा जग्गा पास नगराई धमाधम भवनहरु निर्माण भइरहेका छन् । 

बागलुङको ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार क्षेत्रमा अझै पनि पुरानै ढाँचामा भवन निर्माण भइरहेका छन् । जग्गा पास नगरिकनै धमाधम भवन निर्माण हुँदा बजार अव्यवस्थित हुने देखिएको हो ।

नियम विपरीत भवन निर्माण रोक्नका लागि नगरपालिकाले विभिन्न कानुनहरु बनाएको र यसको कार्यान्वयनमा लाग्ने ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीको भनाइ छ  ।

दुई वर्ष बित्न लागिसक्दा पनि  नगरपालिकाले भवन आचारसंहिता लागायतका विषयमा नीति निर्माण गर्न ढिलासुस्ती गरिरहेको छ ।

नगरपालिकाले जनताको चाहानाविपरीत कार्य गरेको बताउँदै बजार क्षेत्रलाई नगरपालिकाले व्यवस्थित बनाउन नसकेको स्थानीयको गुनासो छ ।

नगरपालिका भित्र कुनै योजना निर्माण गर्न थाले आफू निकटका स्थानीयहरुलाई समितिमा राख्ने  गरिएको स्थानीय शेरमान घर्ती बताउँछन् ।

अहिलेसम्म भवन बनाउँदा बाटो, नालीलगायत अन्य विभिन्न विकासका पूर्वाधार बन्न सकेका छैनन् ।

नगरप्रमुखले नै नियमविपरीत ८ तले भवन बनाएकाले आचारसंहिता लागू गर्न आनाकानी गरिरहेको स्थानीयको आरोप छ ।