Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


गगन थापाले बाबुराम भट्टराईलाई दिए यस्तो जवाफ


0
Shares

काठमाडौं, असार १० । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिपीको ‘राष्ट्रिय मेलमिलाप नीति’लाई आफ्नो मार्गदर्शक सिद्धान्तका रुपमा लिएपछि राजनीतिक बृत्तमा विभिन्नखालका बहस सुरु भएका छन् ।

नेपाली कांग्रेसका संस्थापक नेता बिपीका विचारलाई पछिल्लो समय कांग्रेसले नै बिर्सदैं गएको भन्दै पुराना नेता–कार्यकर्ताले गुनासो गरिरहँदा राप्रपाले बिपीका विचारलाई बोक्नु सिंगो कांग्रेसका लागि व्यंग्य भएको कतिपयको तर्क छ ।

समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत बिपीलाई राप्रपाले अपहरण गरेको भन्दै कांग्रेसलाई अपहरित बिपीको रक्षा गर्न सुझाव दिएका थिए

केही दिनअघि कांग्रेसका युवा नेता गगन थापाले संसदीय निर्वाचनमा कांग्रेसले तालमेल गरेर डा. भट्टराईलाई जिताएकोमा क्षमापूजा गर्नुपर्ने तर्क गरेका थिए । थापाको सो तर्कको जवाफमा डा. भट्टराईले पहिला अपहरित बिपीको रक्षा गर्न र त्यसपछि क्षमापूजा गर्न सुझाव दिएका थिए ।

गगन थापाले मंगलबार डा. भट्टराईको उक्त सुझावप्रति ट्वीटरमार्फत प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘डाक्टर साब, चिन्ता नगर्नुस् । बिपीको विचार कांग्रेसको आत्मा हो । जसरी हिजो त्यसलाई तपाईको जनसरकारले हत्या र हिंसाले समाप्त पार्न सकेन, आज पनि राप्रपाले अपहरण गर्न सक्दैन ।’