
काठमाडौं ।साताको शुरुको दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आयो ।
धितोपत्र बोर्डले शुक्रबार जारी गरेको सम्पत्ती शुद्धिकरण सम्बन्धी निर्देशनले लगानीकर्ता आत्तिएको विश्लेषण गरिएको छ ।
बजार परिसूचक नेप्से १० अंकले झरेर १२ सय ५४ मा आएर थामियो ।
कारोबार भएका अधिकांश समूह ओरालो लागेसंगै नेप्से उच्च दरले ओरालो लागेको हो । निर्जीबन बीमा समुह सबैभन्दा उच्च ८५ अंकले ओरालो लाग्यो ।
जीवन बीमा समुह पनि ७३ अंकले ओर्लियो । उत्पादनमूलक समूहमा २९ अंक अनि लघुवित्त, होटल र जलविद्यतु समुहमा पनि दोहोरो अंकको गिरावट आयो ।
अन्य र वाणिज्य बैंक समूह सामान्य अंकले ऋणात्मक रहे ।
विकास बैंक, वित्त र सामुहिक लगानी कोष नगन्य अंकले मात्र हरियो रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७२ कम्पनीको १५ लाख ७५ हजार कित्ता शेयर जम्मा ४८ करोड १९ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्