
-जीवन नाथ अधिकारी
गरें ढोग बाबा, निहु-याइ माथ
दुई हात जोडी, प्रणाम छ साथ
तिमी देवरुपी, तिमी ब्रम्हसागर्
विधाता तिमी हौ, कुलवंश आधार
(२)
पिता देवता हुन्, अलौकिक् जगत् का
प्रतिविम्व साक्षात्, प्रणेता रगत् का
सवै देव पितृ, सवै तीर्थ माता
उनै जन्मदाता, अखण्डित् सुजाता
(३)
कतै दुःख दिएँ कि, सानो छँदामा
पिरोलें कि मैले, कुनैदिन् रुँदामा
नटेर्ने नमान्ने, भनेको कुनै दिन्
छली ढाँटि झुक्याउथें कि कुनै छिन्
(४)
अनुग्रह हुन्थ्यो, म मा जे गरें नी
क्षमा माग्छु गल्ती, गरें छु भनें नी
छुटें काख बाटै, म सानो छँदैमा
छ यो आत्मग्लानी, कहाली मनैमा
(५)
तिमी शुन्यमा शुन्य हुदै विलायौ
निराकार हुंदै, खरानी दिलायौ
सवै स्नेह तिम्रो, छुटाएँ तथापि
बिराउन्न बाटो, भुलेर कदापि
(६)
दया-दृष्टि शास्वत्, तिमी आशुतोष
श्रध्दा–फूल अर्पिन्छु आशिष मिलोस
चतुर्भिर्यकारै भुजङ्गप्रयातम्
नमामी पितृन् सु-मङ्गलम् प्रभातम्
रोङ–३ इलाम
हालः काठमाडौ
प्रतिक्रिया दिनुहोस्