Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


धनगढी उपमहानगरको बजेट १ अर्ब ५८ करोड


0
Shares

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि १ अर्ब ५८ करोडको बजेट प्रस्तुत गरेको छ ।

आज आयोजित चौथो नगरसभा मार्फत उपप्रमुख सुशीला मिश्र भट्टले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्  ।

जसमा चालु खर्चतर्फ ७६ करोड ३६ लाख ४२ हजार र पुँजीगत खर्चतर्फ ८१ करोड ६८ लाख पाँच हजार रुपैयाँ विनियोजन गरिएको छ ।

आन्तरिक स्रोतबाट १७ करोड १८ लाख रुपैयाँ मात्रै ब्यहोरिने भएको छ ।

यसैगरी, वित्तीय समानीकरण २९ करोड ६७ लाख, राजस्व बाँडफाँडबाट २२ करोड ३१ लाख, सशर्त अनुदान ४३ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

प्रदेश सरकारको समपूरक कोष अनुदान एक करोड, प्रदेश सरकार विशेष अनुदान १० करोड, अन्य आय २९ करोड सात लाख ४८ हजार र नगद मौज्दात पाँच करोड ४८ लाख रुपियाँ पनि आयको स्रोतमा देखाइएको छ ।