Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


पोखरा महानगरको नीति तथा कार्यक्रममा गाउँ जोड्ने सडक प्राथमिकतामा


0
Shares

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ ।

पोखरामा आज आयोजित कार्यक्रममा मेयर मानबहादुर जिसिले पूर्वाधार, सडक संजाल, भवन निर्माण, खानेपानी, ताल संरक्षण, स्मार्ट सिटि, हामी बनाउँछौ हाम्रो महानगर लगायतका कार्यक्रम रहेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा महानगरलाई ग्रामीण भेगसँग जोड्ने सडकलाई प्राथमिकता दिइएको छ भने अन्य भौतिक पुर्वाधार र  पर्यटन क्षेत्रको दिगो विकासलाई पनि प्राथमिकतामा राखिएको छ ।

यस्तै ताल संरक्षण अर्को प्राथमिकताको सूचिमा रहेको छ ।

चालु आर्थिक वर्षमा २ अर्ब ४३ करोडको लागतमा १४७ वटा योजनाहरुको टेन्डर पुरा गरेको जानकारी मेयर जिसीले दिए ।

पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि ७ अर्बको बजेट बनाउने तयारी गरिरहेको छ ।