Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


गुठी विधेयक पूर्णरुपले खारेज गर्न राप्रपाको माग


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गुठी विधेयक पूर्णरुपले खारेज गर्न माग गरेको छ ।

केन्द्रीय समितिको विस्तारित बैठकको निर्णयबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले  सरकारले गुठी विधेयक फिर्त लिएर मात्र नहुने भन्दै पूर्णरुपमा खारेज गर्नुपर्ने माग गरे ।

उनले सरोकारवाला पक्षहरुसँग छलफल गरेर  धर्म संस्कृतीमा आँच नपुग्ने गरि नयाँ विधेयक ल्याउन आग्रह गरे ।

अध्यक्ष थापाले सनातन धर्म संस्कृतिलाई मास्ने गरी विधेयक ल्याइएको आरोप लगाउँदै विधेयकको विरोधमा भएको सडक आन्दोलनमा आफूहरुको ऐक्यवद्धता रहेको पनि बताए ।

उनले सरकारलाई आफुहरुले सरकारलाई बुझाएको २२ बुँदे मागको उपेक्षा गरिए दोस्रो चरणको जनसंघर्ष गर्ने चेतावनीसमेत दिए ।

बर्ष २०७६ लाई संगठन निर्माणको वर्षको रुपमा अघि बढाउने निर्णय गरेको उनको भनाइ थियो ।

राप्रपाले पार्टीको केन्द्रीय महाधिवेशन २०७७ जेठ महिनामा गर्ने निर्णय पनि गरेको छ ।