काठमाडौं । बहुप्रतिक्षाका बीच शनिबार नेकपा सचिवालय बैठक बस्यो । वैठकका लागि थाती रहेका धेरै एजेण्डा थिए ।
तर जम्मा नौ सदस्सीय सचिवालय वैठकबाट बाहिरिएर दुइ नेताले दिएको फरक फरक जानकारीले प्रश्न उठाएको छ को गलत बोल्दैछ भनेर ।
नेकपा एकताका लागि गर्नुपर्ने काम अझै धेरै बाँकी छन् । तर नेताहरुको स्वार्थ टकराव एवं व्यस्ताले एकता सिध्याएर महाधिवेशनमा जाने विषय नै ओझेलमा पर्ने गरेको छ । शनिबारको वैठकमा जिल्ला इन्चार्ज र सहइन्चर्ज तोक्ने एजेण्डा थियो ।
प्रधानमन्त्री युरोप भ्रमणमा जानु अघि नै टुंग्याउने भनेका यि विषय नेताहरु बीचको विवादका कारण मिल्न सकेको थिएन । तर शनिबार यो विवाद टुंग्याउने अपेक्षा गरिएको थियो ।
शुक्रबार स्थगन गरिएको वैठकले शनिबार पनि निर्णय त गर्न सकेन नै त्यस्को उल्टो नेताहरुले बाहिर निस्किएर दिएको अभिव्यक्तिले पार्टी र एकता एजेण्डामा को खेलवाड गर्दैछ भन्ने प्रश्न उठाइदिएको छ ।
वैठक सकिएपछि बाहिर निस्किएका सचिवालय सदस्य वामदेव गौतमले शनिबार कुनै एजेण्डामा छलफल नभएको बताए ।
तर सोही वैठकबाट बाहिरिनु भएका सचिवालय सदस्य एवं नेकपा महासचिव विष्णु पौडेलले वैठकमा छलफल भएका एजेण्डाको फेहरिस्त सुनाए ।
अब प्रश्न उठ्छ यि दुइ मध्ये को नेता झुटो बोलिरहेका छन् भनेर । एउटै वैठकबाट बाहिर निस्किएर नेताहरुले फरक फरक विचार दिनुले जनता र कार्यकर्तामा भ्रम त फैलिएको छ नै ।
यदि यो दल भित्रको गुटगत राजनीतिका कारण एकले अर्कालाई गलत देखाउन दिईएको अभिव्यक्ती हो भने पनि यसले पार्टी एकता र सरकार सञ्चालनमा गम्भिर असर पारेको बुझ्न सकिन्छ ।
शनिबारको वैठकमा जिम्मेबारी बाँडफाँड छाडेर एकाएक राजनीतिक प्रतिवेदनले प्रवेश पाएको समाचार बाहिरिएको छ ।
वैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन छपाईका लागि पठाउनुपर्ने दबाब दिएका थिए ।
तर अर्का अध्यक्ष एंव प्रधानमन्त्री केपी ओलीले राजनीतिक प्रतिवेदन पुर्नलेखनको प्रस्ताव गरिदिएको श्रोत बताउँछ । यसले नेकपाको विवादमा नयाँ मोड आएको छ ।
बैठकमा सरकारको कामको बारेमा समिक्षा माग पनि भएको नेताहरुले बताईरहेका छन् ।
तर बैठकमै सहभागि दुई नेताबाट परस्पर विरोधी कुराहरु आउँदा आखिर नेकपाको सचिवालयमा शनिबार भयो चैं के भन्ने प्रश्न उठेको छ ।
पार्टीमा भित्र गोप्य रुपमा छलफल हुनुपर्ने यस्ता असहमतिहरु नेकपामा पछिल्ला दिनमा बाहिर छताछुल्ल हुन थालेका छन् ।
बाहिर निस्किएर जुन नेताले झुटो बोलेको भएपनि एकातिर नेकपाको एकतामा शंका बढाईरहेको छ भने अर्कातिर सरकार कमजोर भएर पार्टीको साथ पाउन छाडेको बुझ्न जनतालाई मद्दत मिलिरहेको छ । यसले सचिवालयमा विश्वासको संकट स्पष्ट देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्