Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


सरकारले जमिनमा चलखेल गर्न खोज्यो : प्रकाशमान


0
Shares

बारा, असार ७ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मूलमर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

शनिबार बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै उनले सरकारले क्षेत्राधिकारभन्दा बाहिर गइ प्रदेश र स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गर्दा काम गर्न असहज भएको बताए ।

गुठीको मर्मविपरीत प्राधिकरण गठन गरेर जमिनमा चलखेल र समाजलाई बिथोल्न खोजेको भन्दै नेता सिंहले त्यसकाविरुद्ध कांग्रेसले सडकदेखि सदनसम्म आवाज उठाएको दाबी गरे ।

अर्को एक फरक प्रसंगमा उनले विधि र प्रक्रियाअनुसार संसदमा बोल्न खोज्दा सरकारले बन्देज लगाउनु आपत्तिजनक रहेको टिप्पणी गरे ।