Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘देश निर्माणको हरेक पाटोमा सरोकारवालाहरुसँग छलफल गर्नु आवश्यक’


0
Shares

काठमाडौं, असार ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आर्थिक समृद्धिलेमात्र देश समृद्ध नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा रुपचन्द्र विष्टको २०औं स्मृतिसभामा बोल्दै उनले देश निर्माणको हरेक पाटोमा सरोकारवालाहरुसँग व्यापक छलफल गर्नु आवश्यक रहेको बताए ।

नेता नेपालले रुपचन्द्र विष्टलाई प्रगतिशील नेताकारुपमा सम्झँदै उनको विचार अनुशरण गर्नसके गतिशील समाज निर्माणमा समय नलाग्ने बताए ।

कार्यक्रममा नेकपा सांसद रामनारायण बिडारीले थाहा अभियानका अभियन्ता विष्ट जीवित छँदा उनको सिद्धान्तलाई वास्ता नगरिएपनि अहिले उनकै पथ पछ्याउन थालेको अनुभूति भएको बताए ।

कार्यक्रमका अरु वक्ताहरुले विष्टलाई सरल, दूरदर्शी, विशिष्ट क्षमता भएको नेताकारुपमा स्मरण गरेका थिए ।