३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


सुनको मूल्य घट्यो


26
Shares

काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्य आज घटेको छ ।

अघिल्लो दिनको भन्दा तोलामा १२ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा ९ सय रुपैयाँले बढेर तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी अघिल्लो दिनको भन्दा तोलामा ३० रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ ।

हिजो तोलामा ३० रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य लगातार उतारचढाव भइरहेको छ ।

आज सुन प्रतिऔंस १९६४ दशमलव ०९ डलरमा कारोबार भएको छ । चाँदी प्रतिऔंस २८ दशमलव ०६ डलर भएको छ ।

हिजो सुन प्रतिऔंस १९८९ दशमलव ८८ डलर र चाँदी २८ दशमलव ७३ डलरमा कारोबार भएको थियो ।