२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


असारमा रोपिएको धान गोडमेल गरीसक्दासमेत सर्लाहीका किसानले मल पाएनन्


0
Shares

सर्लाही । सर्लाहीका कृषकहरु युरिया मल नपाउँदा चिन्तित भएका छन् ।

असारमा रोपिएको धान गोडमेल गरीसक्दासमेत मल नपाएपछि उत्पादन घट्ने निश्चित भएकाले उनीहरु चिन्तित भएका हुन् ।

दुई पटक मल हाल्ने बेला भइसक्दा पनि उनीहरुले मल पाउन सकेका छैनन् ।

वर्षेनी मलको अभाव हुँदै आए पनि यसपटक भने कोभिड–१९ का कारण कृषकलाई समयमै मल उपलब्ध गराउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख दिपक र्बमले जानकारी दिनुभयो ।