काठमाडौं, असार ६ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल, सूचना प्रविधि र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा पौडेलले सरकारले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकमार्फत् लामो संघर्षपछि प्राप्त प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको आरोप लगाए ।
दुईतिहाइको आडमा सरकारले एकाधिकार लाद्न खोजेको भन्दै उनले सरकारका काम–कारबाहीबाट संविधान, संघीयता र समावेशिता नै धराशायी बन्ने खतरा बढेको जिकिर गरे ।
कार्यक्रममा सत्तारुढ दल नेकपाका नेता कृष्णभक्त पोखरेलले आफूहरु सरकारमा आउँदा बनाएका योजनाहरु सबै सफल भइरहेको बताए ।
गुठीहरुलाई व्यवस्थित गर्न बनेको विधेयक सरकारले फिर्ता लिएको भन्दै उनले त्यसलाई परिस्कृत बनाइने बताए ।
प्रतिपक्षले भनेजस्तो सरकार असफल नभएको नेता पोखरेलको दाबी थियो ।









प्रतिक्रिया दिनुहोस्