Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले हिंसा निम्त्यायो’


0
Shares

काठमाडौं, असार ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक शुक्रबारदेखि राजधानीमा सुरु भएको छ ।

बैठकमा अध्यक्ष कमल थापाले देशको वर्तमान अवस्था र राप्रपाको भावी कार्यदिशासम्बन्धी प्रतिवेदन प्रस्तुत् गरेका छन् ।

अध्यक्ष थापाले राप्रपाले संघर्षको प्रारम्भिक तयारी गरिरहेको जानकारी गराउँदै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा जनसंघर्ष परिचालन समिति बनाइएको जानकारी दिए ।

उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालालाई सरकारले प्रतिबन्ध लगाएर हिंसात्मक शृंखला निम्त्याएको आरोप लगाए ।

पछिल्लो १३ वर्षको अवधिमा अवधिमा शान्ति, स्थायित्व र समृद्धिको साटो देश डरलाग्दो संकटको चक्रव्यूहमा फसेको उनको भनाइ थियो ।

अध्यक्ष थापाले प्रस्तुत् गरेको प्रतिवेदनमा सनातन हिन्दुराष्ट्रको पहिचान समाप्त पारिएको, राजसंस्थालाई पाखा लगाइएको, जातीय विभाजनको संस्थागत बिजारोपण गरेको, राष्ट्रहितविरुद्धको नागरिकता ऐन लागू गरी लाखौं विदेशीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेकोलगायतका विषय उल्लेख गरिएको छ ।