Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


करारमा कर्मचारी भर्ना नगर्न सरकारलाई सुझाव


0
Shares

काठमाडौं, असार ६ । प्रतिनिधिसभाअन्र्तगत्को राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकको विषयमा छलफल भएको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले निजामती सेवालाई प्रभावकारी बनाउने विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

सांसद दिलेन्द्रप्रसाद बडूले निजामती सेवालाई प्रभावकारी बनाउन करारमा कर्मचारी भर्ती गर्न नहुने बताए ।

उनले करारको दुरुपयोग गरिएको भन्दै लोकसेवाबाटै सबै नियुक्ति हुनुपर्ने बताए ।

सांसद पम्फा भुसालले आफ्ना मान्छे ल्याउने प्रवृत्ति रोक्न सुझाव दिइन् । उनले सचिव, सहसचिवलगायतका पदमा तीन वर्षभन्दा बढी एकै कार्यालयमा राख्न नहुने भन्दै यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने सुझाव दिइन् ।

कर्मचारीहरुमा अटेर गर्ने र ठग्ने बानीको विकास भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद डिला संग्रौलालगायतले शिक्षा, स्वास्थ्य सेवालाई एउटै सेवामा नभइ अलग राख्न सुझाव दिए ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विशेषज्ञताको आधारमा सचिवलगायत विशिष्ट श्रेणीका कर्मचारीलाई जिम्मेवारी दिने उल्लेख गरे ।

उनले समितिको सुझावको आधारमा सरकारले धारणा बनाउने प्रतिबद्धता जनाए ।