
काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आवेले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।
स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री आवेले राजीनामा दिन लाग्नुभको जापानीज सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रधानमन्त्री आवेले पत्ररका सम्मेलन गरेर आफ्नो स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी गराउने तयारी गरेको बताइएको छ ।
स्वास्थ्यमा समस्या आएपछि केही दिनअघि उपचारका लागि अस्पताल भर्ना हुनुभएको समारचारमा जनाइएको छ ।
आफ्नो स्वास्थ्य अवस्था बिग्रिएकाले त्यसको असर सरकार सञ्चालनमा नपरोस् भनेर राजीनामा दिन लागेको उहाँले बताउनुभएको छ ।
यसअघि अस्पताल भर्ना भएलगत्तै आवेको स्वास्थ्य अवस्थाका बारेमा सर्वसाधारणले चिन्ता व्यक्त गरेका थिए ।
प्रधानमन्त्री सिन्जोआवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति हुनुहुन्छ ।
उहाँ सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बन्नुभएको थियो ।
तर आवेले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै उहाँले स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिनुभएको थियो ।
सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री निर्वाचित हुनुभएका आवे आठ वर्ष लगातार प्रधानमन्त्री बन्नुभयो ।
६५ वर्षका प्रधानमन्त्री आवेले आफ्नो कार्यकालमा जापानमा धेरै विकासका काम गर्नुभएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्