Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


जनप्रतिनिधिबाटै नगरपालिका कार्यालयमा तालाबन्दी


0
Shares

सर्लाही, असार ५ । सर्लाहीको बलरा नगरपालिकाकी उपमेयरसहित ८ जना वडाध्यक्षले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।

मेयर अभयकुमार सिंहले मनोमानी ढंगले नगरपालिका चलाएको र आर्थिक वर्षको अन्तिममा आएर कार्यादेश दिएको भन्दै उपमेयर रामसखी देवी र वडाध्यक्षहरु हिजोदेखि आन्दोलित बनेका हुन् ।

मेयरविरुद्ध केही समय अघिमात्रै उपमेयर र वडाध्यक्षहरुले दुई महिनाभन्दा बढी समय नगरपालिकामा तालाबन्दी गरेका थिए । उपमेयर रामसखीले मेयरले नगरपालिकामै नआइ कार्यालय सञ्चालन गरेपछि पुनः आन्दोलनमा उत्रिनु परेको बताइन् ।

मेयर सिंहले भने उममेयर र वडाध्यक्षहरुको काम नै तालाबन्दी गर्ने भएको भन्दै आक्रोश पोखेका छन् । उनले नगरपालिकामा धमाधम विकासका काम भइरहेको दावी समेत गरे ।

जनप्रतिनिधिहरुको विवादको चेपुवामा भने स्थानीय परेका छन् ।