Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


कांग्रेस नेता बस्नेतले लिए पहिरोपीडित बालिकाको पठनपाठनको जिम्मा


13
Shares

सिन्धुपाल्चोक, भदौ १० । जुगल गाउँपालिका वडा २ लिदीको पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आवासीय अध्ययनको व्यवस्था गर्नुभएको छ ।

लिदीका १४ बालबालिकामध्ये ७ बालिकाको लागि काठमाण्डौंको होस्टेलमा राखेर कक्षा १२ सम्मको अध्ययनको व्यवस्था गर्ने पूर्वमन्त्री बस्नेतले बताउनुभएको छ ।

पितृशोकमा रहेका पूर्वमन्त्री बस्नेतले लिदीबारे दुखद खबर पढेपछि बुधवार एक प्रेस विज्ञप्तिमार्फत बालिकाको निशुल्क आवसीय शिक्षाबारे जानकारी गराउनुभएको हो ।

पूर्वमन्त्रीले भोटेकोशी बाढीमा परिवार गुमाएपछि अलपत्र परेकी बाह्रबिसे नगरपालिका जम्बुकी छिरिङ गोलेसहित लिदीका स्मारिका दोङ, सविता दोङ, दुर्गा दोङ, कविता दोङ,अनिता दोङ, कान्छी दोङ ,साङी दोङलाई आवसीय अध्ययनको व्यवस्था गर्नुभएको जानकारी दिनुभयो ।

उहाँले सबै बालबालिकालाई सम्पर्कमा ल्याउन आफन्त ,अगुवा र जनप्रतिनिधिलाई आग्रह गर्दै अन्य बालबालिकाको लागि के गर्न सकिन्छ छलफलमा रहेको बताउनुभयो ।