 
	    काठमाडौं, भदौ १० । काठमाडौं उपत्यकामा कोरोना महामारी समुुदायस्तरमै फैलिन सक्ने सम्भावना बढेपछि ‘कन्ट्याक ट्रेसिङ’का आधारमा काठमाडौंका विभिन्न वडाहरुमा धमाधम ‘पीसीआर’ परीक्षण गर्न थालिएको छ ।
बुधबार काठमाडौं महानगरपालिका वडा नम्बर-२६ का करिब ११० जनाको लैनचौरस्थित पार्टी प्यालेसमा पीसीआर परीक्षण गरिएको छ ।
वडा-२६ का वडाध्यक्ष ख्यामराज तिवारीले वडामा केही व्यक्तिलाई संक्रमण देखिएपछि समुदायस्तरमै फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै ट्रेसिङका आधारमा पीसीआर परीक्षण गरिएको बताउनुभयो ।
इमेजकर्मीहरुको परीक्षण
यता, इमेज च्यानल टेलिभिजनका ५७ जना कर्मचारीको पनि पीसीआर परीक्षण गरिएको छ । मंगलबार १७ जनाको गरिएकोमा बुधबार थप ४० जनाको पीसीआर गरिएको हो ।
पछिल्लो समय ‘फ्रन्टलाइन’मा काम गर्ने सञ्चारकर्मीहरुमा समेत संक्रमण देखिन थालेपछि इमेज च्यानलले आफ्ना कर्मचारीहरुको परीक्षण गराएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्