Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


गायिका सुनिताको ‘जुममा हेरेर’ नेपाललगायत विदेशमा रुचाइयो(भिडियो)


0
Shares

काठमाडौं । लोकप्रिय गायिका सुनिता दुलालको नयाँ तीज गीत जुममा हेरेरको भिडियो सार्वजनिक गरे लगत्तै राम्रो चर्चा सुरु भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले चाडपर्वलाई खल्लो बनाएका बेला गायिका दुलालले सार्वजनिक गरेको गीतमा अमेरिका निवासी रोजा ओलीको शब्द, सुनिल मास्केको संगीत रहेको गीतमा गायिका सुनिता दुलालको आवाज रहेको छ।

भिडियोमा भगवती तिमल्सिना, काव्या श्रेष्ठ, रश्मिता दर्लामी, दिपिका श्रेष्ठ,आस्था जोशी, रोश्ना कार्की, रिमा कंडेल, स्वस्तिका लोहनी, अस्तिक कँडेल, दिपक थापा मगर लगायतको अभिनय रहेको भिडियोमा दिलु थापाको नृत्य निर्देशन रहेको छ।

भिडियो बेलायत, अमेरिका र नेपालमा छायांकन गरिएको छ।

भिडियो