Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


बजेट कार्यान्वयनमा शंका नगर्नोस् : मुख्यमन्त्री पोखरेल


0
Shares

भैरहवा, असार २ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले आवधिक योजना र नीति तथा कार्यक्रममा केन्द्रित भएर बजेट आएकाले कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् ।

प्रदेश सरकारले आइतबार सार्वजनिक गरेको बजेटका सम्बन्धमा सोमबार बुटवलमा सन्चारकर्मीसँग अन्तरक्रिया गर्दै उनले चालू आर्थिक वर्षमा कर्मचारीको अभावले बजेट कार्यान्वयनमा केही जटिलता देखिए यसलाई सुधार गरिने बताए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयकोसमेत कार्यभार सम्हालेका मुख्यमन्त्री पोखरेलले कृषि, पर्यटन, उद्योग र व्यापारलाई समृद्धिको आधार बनाएको प्रदेश सरकारले सडक, सिँचाइ, ऊर्जालगायतका पूर्वाधार विकासमा पर्याप्त बजेट विनियोजन गरिएको उल्लेख गरे ।