२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सरकारले देशमा द्वन्द्व निम्त्याउने काम गर्‍यो : कमल थापा


0
Shares

हेटौंडा, असार २ । राप्रपा अध्यक्ष कमल थापाले केपी शर्मा ओली सरकारले देशमा द्वन्द्व निम्त्याउने काम गरिरहेको आरोप लगाएका छन् ।

सोमबार हेटौंडामा आयोजित पत्रकार भेटघाटमा थापाले ओली सरकारले आफ्ना निर्णयहरु लाद्ने काम तत्काल रोक्नुपर्ने बताए ।

उनले मिडिया काउन्सिल विधेयक, मानवअधिकारसम्बन्धी विधेयक, सेना सन्चालनसम्बन्धी विधेयक, गुठी व्यवस्थापन विधेयकजस्ता विवादास्पद विधेयक ल्याएर सरकारले दुईतिहाइ बहुमतको दुरुपयोग गरिरहेको जिकिर गरे ।