
काठमाडौं, असार २ । प्रतिनिधिसभामा सोमबार पनि विनियोजन विधेयक २०७६ का विभिन्न शीर्षकहरुमाथि छलफल जारी रह्यो ।
सोमबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सन्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयको शीर्षकमा विनियोजित बजेटमाथि छलफल भएको छ ।
सांसद मीनबहादुर विश्वकर्माले विनियोजन विधेयक २०७६ अन्तर्गत् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत् गरे ।
सांसद बहादुरसिंह लामाले सन्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव पेस प्रस्तुत् गरे ।
यस्तै, सांसद प्रेम सुवालले विनियोजन विधेयक २०७६ अन्तर्गत् उद्योग, वाणिज्य तथा आपूर्ति, सन्चार, परराष्ट्र र गृह मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत् गरे ।
विनियोजन विधेयकमाथिको छलफलमा सांसद दिलेन्द्रप्रसाद बडू र नारायण खड्काले क्रमशः गृह र परराष्ट्र मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत् गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्