१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


सिंचाई अभावमा धानको बीउ सुक्न थाल्यो


0
Shares

सिंचाईको अभाव भएपछि कञ्चनपुरको कृष्णपुर–६ मौरीफाँटाका किसानले राखेको धानको बीउ सुक्न थालेको छ ।

गत जेठ २३ गतेको हावाहुरीले विद्युत् सेवा अवरुद्ध भएपछि सिंचाई गर्न नपाउँदा धानको बीउ सुक्न थालेको हो । हावाहुरीले मौरीफाँटामा झन्डै ६० वटा विद्युतका पोल ढलेका थिए ।

तर, दुई साता पुग्नै लाग्दासमेत विद्युत् लाइनको मर्मत नभएपछि यहाँका किसान मर्कामा परेका छन् । सिंचाईको सुविधासमेत नभएको यस क्षेत्रमा किसानले जमिन मुनिबाट पानी तानेर रोपाइँ गर्दै आएका थिए ।

हावाहुरीले ढालेका पोलको मर्मत नहुँदा आफूहरु समस्यामा परेको स्थानीयको गुनासो छ । सिंचाई गर्न नपाउँदा यहाँका झन्डै एक सय परिवारको धानको बीउ सुक्न थालेको हो ।