Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


प्रदेश–५ मा ३६ अर्ब ४१ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)


0
Shares

केशव भण्डारी (इमेज)

बुटवल, असार १ । प्रदेश नम्बर–५ सरकारले कृषि विकास र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आर्थिक वर्ष २०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६५ लाख रूपैयाँको बजेट ल्याएको छ ।

प्रदेशसभाको आइतबारको बैठकमा मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले आगामी वर्षको आयव्यय सार्वजनिक गर्दै चालूतर्फ १३ अर्ब ६४ करोड र पुँजीगततर्फ १८ अर्ब ५७ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

कृषिमा युवाको आकर्षण बढाउने, आधुनिकीकरण र यान्त्रीकरण गर्ने, खेतीका लागि जमिनको चक्लाबन्दी गर्ने योजना अघि सारिएको छ । कृषिका लागि चार अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

पर्यटन उद्योगलाई लगानी, रोजगारी तथा आय–आर्जनको क्षेत्रकारूपमा विकास गर्ने उद्देश्यसहित पूर्वाधार विकासका लागि एक अर्ब ८८ करोड ९२ लाख बजेट विनियोजन गरिएको छ ।

सिँचाइ र नदी नियन्त्रणका लागि दुई अर्ब ४३ करोड रकम विनियोजन गरिएको छ ।

पर्यटन विकासलाई प्रदेश समृद्धिको आधार बनाउन लुम्बिनी र नेपालगन्जलाई पर्यटन हब बनाउने गरी पर्यटन क्षेत्रका लागि ७५ करोड बजेट छुट्याइएको छ ।

यसैगरी, ८४ वर्ष उमेर पुगेका नागरिकलाई घरमै उपचारको व्यवस्था गर्ने, सार्वजिनक यातायात प्राधिकरण गठन गर्ने, विद्युतीय बस सन्चालन गर्नेजस्ता योजनाका लागि बजेट छुट्याएको छ ।

प्रदेश–५ को बजेट पूर्णपाठ (पीडीएफ) पढ्न यहाँ क्लिक गर्नोस्