
काठमाडौं, असार १ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ को विभिन्न शीर्षकहरुमाथिको छलफल आइतबार पनि जारी रह्यो ।
आइतबार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको शीर्षकमा विनियोजित बजेटमाथि छलफल भयो ।
सांसद लक्ष्मी परियारले विनियोजन विधेयक, २०७६ अन्तर्गत् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियास् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत् गरिन् ।
त्यसैगरी, सांसद प्रेम सुवालले भूमि व्यवस्था मन्त्रालयसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित खर्च रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत् गरे ।
सांसद रंगमती शाहीले पनि विनियोजन विधेयक, २०७६ अन्तर्गत् कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकममा १०० रुपैयाँ घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत् गरिन् ।
प्रतिक्रिया दिनुहोस्