 
	    काठमाडौं । नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक आज(सोमबार) बस्दैछ ।
नेपाल र भारतबिच पछिल्लो समय सीमा विवाद चुलिएपछि दुई देशका आधिकारिक संयन्त्रबिच पहिलो पटक छलफल हुन लागेको हो ।
नेपालमा भारतको सहयोग वा सहकार्यमा संचालन भएका परियोजनाहरुको मूल्यांकनको विषयमा यो छलफल केन्द्रित हुनेछ ।
भर्चुअल बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागीले गर्नुहुनेछ भने भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गर्नुहुनेछ ।
यसअघि शनिबार भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन संवाद भएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्