Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


बालप्रतिभा प्रस्फुटन


0
Shares

काठमाडौं, जेठ ३२ । बालश्रमविरुद्धको विश्व दिवसका अवसरमा ललितपुर महानगरपालिकाले बालप्रतिभा प्रस्फुटन कार्यक्रमको आयोजना गरेको छ ।

‘बालबालिका श्रममा होइन, सपनामा रमाउछन्’ भन्ने नारासहित शनिबार आयोजित कार्यक्रममा ललितपुर महानगरभित्रका स्कुल तथा समुदायका २८ ओटा बालक्लबका बालबालिकाको सहभागिता रहेको थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले बालबालिकाको इच्छा र भावनाअनुसार अघि बढ्नसकेमात्र बालअधिकार सुनिश्चित गर्नसकिने बताइन् ।

कार्यक्रममा सहभागी बालबालिकाले विभिन्न गीत, नृत्य प्रस्तुत् गरेका थिए ।

ललितपुर महानगरपालिकाभित्र ११५ ओटा बालक्लब छन् ।