Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


गण्डकी प्रदेशले ३० अर्बभन्दा बढीको बजेट ल्याउने


0
Shares

पोखरा, जेठ ३२ । गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि ३० अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ ।

आन्तरिक स्रोत राम्रो नभए पनि बजेट भने राम्रो ल्याउने गण्डकी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री किरण गुरुङले दाबी गरे ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको प्रथम साधारण सभालाई पोखरामा शनिबार सम्बोधन गर्दै उनले सीमित स्रोत, साधनका बावजुद बजेट राम्रो ल्याइने बताए । गण्डकी प्रदेश सरकारले गत वर्षको भन्दा करिब ६ अर्बले वृद्धि गरी ३० अर्ब रुपैयाँको बराबरको बजेट ल्याउने तयारी गरेको हो ।

गण्डकी प्रदेशले कृषि, पर्यटन, उर्जा, उद्योग क्षेत्रलाई आधार बनाएर बजेट ल्याउने उनले जानकारी दिए ।

साधारणसभामा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट १४१ जना प्रदेश पार्षदको सहभागिता छ । शुक्रबारदेखि सुरु भएको साधारणसभामा श्रमजिवी ऐनको कार्यान्वयन, सदस्यता शुद्धिकरण, आचारसंहिता र मिडिया काउन्सिल सम्बन्धी विधेयकका बारेमा छलफल भएको थियो ।

पोखरा घोषणापत्र जारी गर्दै साधारणसभा आज सकिने छ ।