Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


प्याकिङफुडमा भाइरस रहे पनि मानवमा सर्ने सम्भावना नरहेको डब्लुएचओको दाबी


13
Shares

काठमाडौं, साउन ३० । विश्व स्वास्थ्य संगठन डब्लु एच.ओले प्याकिङ गरिएको खानेकुराबाट कोरोना भाइरस सर्न सक्ने कुनै प्रमाण नभेटिएको दाबी गरेको छ ।

चीनको सेन्जेन सहरमा ब्राजिलबाट निर्यात गरिएको फ्रोजन कुखुराको मासुको प्याकेजिङ जाँच गर्दा कोरोना पोजेटिभ देखिएको तर सो प्याकेजिङसँग सम्पर्कमा आएका सबै मानिस तुरुन्तै पत्ता लगाएर परीक्षण गर्दा भने नतिजा नेगेटिभ आएको बताइएको छ ।

यस सम्बन्धी डब्लूएचओका आपत्कालीन कार्यक्रम प्रमुख माइक रायनले मानिसहरूले खानेकुरा, त्यसको प्याकेजिङ, प्रोसेसिङ या डेलिभरी गरिएका खानेकुरासँग डराउनुपर्ने अवस्था नरहेको जनाउनुभएको छ ।

उहाँले हालसम्म भाइरस खानेकुराका माध्यमबाट सरेको कुनै प्रमाण नभएको स्पष्ट पार्नुभएको छ ।

कोरोनाको महमारी सुरु भएदेखि चीनले बाहिरबाट आएका खानेकुराहरुको प्याकेजहरूको जाँच गर्दै आएकोमा कम मात्र खानेकुराको प्याकिङमा भाइरस पोजेटिभ भेटिएका छन् ।

यता ब्राजिलले पनि चीनमा खानेकुराको प्याकिङमा कोरोना पोजिटिभ देखिएको बिषयलाई लिएर यसबारे अनुसन्धान गर्न आफना देशका स्वास्थ्यबिदहरुलाई निर्देशन दिएको छ । (एजेन्सी)