Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


मोटरसाईकल सिक्ने क्रममा दुर्घटनामा परी वडा सदस्यको मृत्यु


0
Shares

बझाङ । मोटरसाईकल दुर्घटनामा परि यहाँका एक वडा सदस्यको मृत्यु भएको छ ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य नरेश महरको मृत्यु भएको हो ।

विहीबार विहान मोटरसाईकल सिक्ने क्रममा वडा सदस्य नरेश महर घाईते भएका थिए ।

घाईते महरको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

वडा नम्बर ७ को से १ ब ११७७ नम्बरको मोटरसाइकल वडा सदस्य महरले चलाएको बताइएको छ ।

घाईते वडा अध्यक्ष जोशीको जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ । मृतक महरले विना हेलमेट मोटरसाइकल चलाएको प्रहरीको भनाइ छ ।

मृतक महरको टाउकोमा चोट रहेको जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर सन्दीप ओखेडाले बताए ।

गम्भिर घाइते महरको थप उपचारका लागि काठमान्डौ लैजानका लागि हेलिकोप्टर मगाइएको भए पनि समयमा नै हेलिकप्टर नपुग्दा उनको मृत्यु भएको आफन्तले जनाएका छन् ।