
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सडक कालोपत्रे गरेको दुई साता नपुग्दै भत्किएको छ ।
कृष्णपुर नगरपालिकाले वडा नम्बर १ बण्डस्थित कालोपत्रे गरेको सडक दुई साता नपुग्दै भत्किएको हो ।
कालोपत्रे भत्किएपछि त्यसलाई ढाकछोक गर्न कालोपत्रे माथिबाट ग्राभेल हालिएको छ ।
सडक निर्माणका लागि अपि निर्माण सेवासँग १३ लाख ८० हजार रुपैयाँमा गत बैशााखमा ठेक्का सम्झौता भएको थियो ।
सम्झौता भएलगत्तै काम सुरु गरिएको सडकमा ठेकेदारले मापदण्डअनुसार काम नगरेकाले दुई साता नपुग्दै कालोपत्रे भत्किएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार नगरपालिका कार्यालयले भने सडक गुणस्तरिय रहेको भन्दै सडक फराकिलो बनाउन छेउमा ग्राभेल हालिएको बताउने गरेको छ ।
उता कृष्णपुर नगरपालिका कार्यालयका सूचना अधिकारी प्रेम बोगटीले भने भत्किएको सडकखण्ड बारे आफूलाई जानकारी नभएको बताउँदै प्राविधिकसँग बुझ्नुपर्ने बताए ।
५ मिटर चौडाइसहित २ सय २३ मिटर लम्बाइ रहेको सो सडकखण्डको दुबैतर्फ ग्राभेल सडक छन् ।
प्रतिक्रिया दिनुहोस्