Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


‘गन्डकी प्रदेशको समृद्धिका लागि धार्मिक क्षेत्रको महत्वपूर्ण भूमिका’


0
Shares

पोखरा, जेठ २९ । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै मुलुकमा धार्मिक, आध्यात्मिक एवं सांस्कृतिक पुनर्जागरण प्रारम्भ भएको बताएका छन् ।

पोखराको धारापानीमार्गमा बन्न लागेको विन्ध्यवासिनी गुरुकुल विद्याश्रम भवनको बुधबार शिलान्यास गर्दै उनले गन्डकी प्रदेशको समृद्धिका लागि धार्मिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

विन्ध्यवासिनी गुरुकुल विद्याश्रम प्रदेशको गौरव भएकाले भवन निर्माणका लागि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि मुख्यमन्त्री गुरुङले व्यक्त गरे ।

कालीगन्डकी डाइभर्सनले पवित्र भूमि देवघाटलाई संकटमा पार्नुका साथै सम्पूर्ण ‘इकोसिस्टम’ नै प्रभावित हुने भन्दै उनले धार्मिक, मानव र प्राकृतिक नियमकाविरुद्ध हुने कुनैपनि गतिविधि सरकारलाई मान्य नहुने स्पस्ट पारे ।