Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


सुन–चाँदीको मूल्यमा कमी


0
Shares

काठमाडौं, जेठ २७ । पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै आएको सुन–चाँदीको भाउ सोमबार केही सस्तियो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले कमी आएर तोलाको ६२ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य तोलामा ३०० ले नै बढेर तोलाको ६२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले ओरालो लागेर तोलाको ७१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १३ सय ३२ डलर हाराहारीमा कारोबार भएको थियो ।