
काठमाडौं, जेठ २७ । सोमबार पनि सेयरबजारमा गिरावट जारी रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ९ अंक बराबरले झरेर १२ सय ७५ मा आएर थामियो ।
उत्पादकमूलक, विकास बैंक र सामूहिक लगानी कोष समूह सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।
निर्जीवन बिमा समूह सबैभन्दा उच्च १२४ अंकले झर्यो । जीवनबिमा समूहमा ६२ अंकको गिरावट आयो । होटल समूहमा पनि ३४ अंकको कमी आयो । जलविद्युत् र लघु्वित्त समूह पनि दोहोरो अंकले घट्दा वित्त, अन्य र वाणिज्य बैंक समूह पनि सामान्य अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७३ कम्पनीका २० लाख ७२ हजार कित्ता सेयर ६१ करोड रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्