२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


भारतमा एकै दिन कोरोनाबाट ८०० बढीको मृत्यु


0
Shares

काठमाडौं, साउन २० । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८०३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा विश्वभरी कुनै पनि देशमा मृत्यु भएका व्यक्तिको सर्वाधिक संख्या हो ।

मंगलबार बिहान सार्वजनिक गरिएको तथ्यांकअनुसार एकै दिन ५२ हजार ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सो अवधिमा भारतमा अन्यत्रको भन्दा सर्वाधिक संख्यामा संक्रमितहरू फेला परेका थिए ।

योसँगै हालसम्म भारतमा संक्रमितको कुल संख्या १८ लाख ५५ हजार ७ सय ४६ पुगेको छ भने ३८ हजार ९ सय ३८ जनाको मृत्यु भइसकेको छ ।

भारतमा विगत छ दिनदेखि हरेक दिन ५० हजार भन्दा बढी मानिसमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पन्ध्र दिनदेखि संक्रमणको दर ह्वात्तै बढेको तथ्यांकले देखाएको छ ।

यद्यपी भारत सरकारले बिरामीहरू निको हुने दर अन्य देशको तुलनामा राम्रो भएको दाबी गरेको छ ।

महाराष्ट्र, तामिलनाडु, आन्ध्र प्रदेश, कर्णाटक र दिल्ली कोरोना भाइरस संक्रमणको चपेटामा परेका छन् । (एजेन्सी)