 
	    सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ३ स्थित पालिका बजारमा आगलागी भएको छ ।
आगलाीिमा परेर ११ वटा कस्मेटिक र तरकारी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताउनुभयो ।
विद्युत् सट भएर आगलागी हुँदा कल्पना तामाङ, रमा चौहान, अनिता आचार्जु, वसिम श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, प्रविना लिम्बु, इन्दिरा श्रेष्ठ, मिरा निरौला, सुरेन्द्र चौधरी, लालबहादुर राई र यामकुमार विकका पसल जलेर नष्ट भएको छ ।
धरान उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्