२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


ह्यारी र मेघनले देश र दरबार छाड्नुको रहस्य चाँडै पत्ता लाग्ने !


0
Shares

काठमाडौं । बेलायतका पूर्व राजकुमार ह्यारी र मेघन यतिबेला १४ महिने छोरासँग लस एन्जलमा बस्छन् । उनीहरुले दरबार छाडेर हिंडेको विषयले विश्वभर खुल्दुली मच्चाइरहेको छ ।

उनीहरुले देश र दरबार छाड्नुको कारण बारे अब केही नयाँ तथ्यहरु बाहिर आउने भएका छन् ।

ओमिद स्कोबी र क्यारोलिन डयुरान्डले लेखेको ‘स्वतन्त्रता खोज्ने’ पुस्तकमा उनीहरु बारे केही गोप्य कुराहरु खुलाइएको विदेशी संचारमाध्यमहरुले जनाएका छन् ।

यही अगष्टमा प्रकाशन हुन लागेको पुस्तकका केही अंशहरु ‘द टाइम्स’ र ‘द सन्डे टाइम्स’ पत्रिकामा प्रकाशन भइरहेका छन् ।

पुस्तकका अंशमा जनाएअनुसार ह्यारीका दाजु विलियम र भाउजु केटसँग उनीहरुको सम्बन्ध मार्चदेखिनै विग्रिएको र बोलचाल समेत बन्द हुने अवस्थामा पुगेको थियो ।

सन् २०१८ मा विवाह गरेका उनीहरुलाई परिवारभित्रबाट हेर्ने दृष्टिकोणमा फेरबदल आउन थालेको पुस्तकका अंशमा उल्लेख छ ।

विवाहको केही समय पछि मेघनाले केटलाई हेरेर बोल्न खोज्दा वास्तै गर्न छाडेको बताइएको छ ।

मेघनाले आफ्ना नजिकका साथीहरुसँग परिवारभित्रको बेदनाहरु पोख्ने गरेको बताइएको छ ।

बेलायत रहँदा पनि उनले मिडिया र दरबारबाट दिक्क भएको प्रतिक्रिया दिंदै आएकी थिइन ।

एक टेलिभिजन अन्तरवार्तामा त भावुक हुँदै मेघनले आफू ‘जीवीत रहेको’ तर ‘नबाँचेको’ प्रतिक्रिया दिएकी थिइन । (एजेन्सी)