Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सुनिल थापासहित राप्रपाका ३१ नेताले दिए सामूहिक राजीनामा


0
Shares

RPP Sunil Thapa congress resignation

काठमाडौं, साउन १० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ नेताले सामूहिक राजीनामा दिएका छन् ।

शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनिल थापासहित ३१ जनाले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा थापासहित केन्द्रीय नेताहरु विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राई, आशाराम चौधरी, चन्द्र कुमार घुण्डे गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ शाह, बिरेन्द्रलाल कर्ण, नारायण राउत छन् ।

यसैगरी राजीनामा दिनेमा जिल्ला तहका नेताहरुमा इन्द्र बहादुर तामाङ्ग, राज कुमार भट्टराई, डम्बर बहादुर राई, माधव पौडेल, अर्जुन विक्रम थापा, हरेन्द्र प्रसाद यादव, रुप नारायण यादव, भिखारी लाल यादव र भिखारी लाल यादव छन् ।

धनकुटा जिल्ला अध्यक्ष लक्ष्मी शुब्बासहित जिल्ला कार्य समितिका सम्पूर्ण सदस्यहरु, सम्पूर्ण नगर, गाउँ, क्षेत्रीय इकाइ समितिहरुले पनि पार्टीबाट राजीनामा दिएको जनाइएको छ ।

नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।

भागबण्डा मिलाएर पार्टी एकतापछि पनि त्यही अस्पष्ट दृष्टिकोण कायम छ रहेको एकतापछिको सचिवालय कार्य व्यवस्था समिति सहित विभिन्न निकायको गठनमा समावेशीतालाई पुरै वेवास्ता गरिएको थापा पक्षको आरोप छ ।

सुनिल थापा आफ्नो समूहसहित नेपाली काँग्रेस प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ ।

Skip This