कैलाली । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षका लागि झण्डै ३० अर्बको बजेट ल्याउन लागेको जानकारी दिए ।
मानव सूचकांकको आधारमा बझाङ, बाजुरा, दार्चुला र अछामलाई विशेष प्राथमिकतामा राखेर बजेट निर्माण गरिने उनको भनाइ छ ।
उनले कृषिमा आत्मनिर्भरता हासिल गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, दिगो आर्थिक विकास गर्ने, पिछडिएको वर्गलाई सामाजिक न्यायसहित सुरक्षा प्रदान गर्ने उद्धेश्यले बजेट ल्याउन लागेको बताए ।
मन्त्री बोहोराले सरोकारवालासँग छलफल भइसकेको भन्दै बजेटमा कस्ता योजनालाई प्राथमिकतामा राख्ने भन्नेबारे गहन गृहकार्य भइरहेको बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष २५ अर्ब ६ करोड ५६ लाखको बजेट ल्याएको थियो । तर ३० प्रतिशत पनि खर्च हुन सकेको छैन ।








प्रतिक्रिया दिनुहोस्