२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


अर्थमन्त्रीले आज बजेटमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिने


0
Shares

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिँदैछ ।

आइतबारदेखि सुरु भएको छलफलमा आज केही सांसदहरुले धारणा राखेपछि अर्थमन्त्री डा.युवराज खतिवडाले जवाफ दिने कार्यसूची तय भएको संसदसचिवालयले जनाएको छ । बैठक बिहान ११ बजेदेखि बोलाइएको छ ।

छलफलमा सत्तारुढ दलका सांसदहरुले आगामी आर्थिक बर्षको बजेटले नेपालको समृद्धितर्फको यात्रालाई मजबुत बनाउने भन्दै प्रसंसा गरेका छन् भने प्रतिपक्षी सांसदहरुले बजेटले कुनै नयाँपन दिन नसकेको दाबी गरेका छन् ।

प्रतिपक्षी सांसदहरुले सांसद विकास कोषको नाममा सांसदहरुलाई दिइएको ६ करोड रुपैंयाको विरोध पनि गरेका छन् ।

जेठ १५ गते अर्थमन्त्री युवराव खतिवडाले संघीय संसदमा १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट प्रस्तुत गरेका थिए ।

बजेटमाथिको मन्त्रालयगत छलफल शुक्रबारदेखि गर्ने तयारी गरिएको छ ।